दफा २९
प्रचलित कानून बमोजिम मुद्दा चलाइने
(१) दफा २५ को उपदफा (२) अन्तर्गत सजाय हुने मुद्दाको सम्बन्धमा प्रचलित कानून बमोजिम कसूर हुने भई त्यस्तो कसूरमा प्रचलित कानूनमा कुनै खास पक्षले मुद्दा चलाउने गरी व्यवस्था भएकोमा सोही बमोजिम नै मुद्दा चलाइनेछ ।
(२) दफा २५ को उपदफा (२) अन्तर्गतको मुद्दामा प्रचलित कानून बमोजिम मुद्दा नचल्ने अवस्था भई यस ऐन बमोजिम मुद्दा चलाउनु पर्दा त्यस्तो मुद्दामा नेपाल सरकार वादी भई चलाइनेछ । सो मुद्दा मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को अनुसूची-१ मा समावेश भएको मानिनेछ ।